Logo
Logo

माधव नेपाल र वामदेव गौतमबीच छलफल


दृष्टि संवाददाता


काठमाडौं, १७ चैत ।
एमालेका नेता माधव कुमार नेपाल र वामदेव गौतमबीच छलफल भएको छ । नागपोखरीस्थित वामदेवका छोराको कार्यालयमा उनीहरुबीच लामो छलफल भएको हो ।

एमाले अध्यक्ष केपी ओलीले नेता नेपाललाई कारबाही गरेपछि भएको दुवै नेताबीचको भेटवार्ता भएको हो । अब कसरी अघि बढ्ने भन्नेमा उनीहरुबीच छलफल भएको स्रोत बताउँछ । ओलीविरुद्ध कडा संघर्ष गरेर अघि बढ्नुपर्ने नेता नेपालले गौतमलाई प्रस्ताव राखेका छन् । गौतमले पनि ओलीको आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्