Logo
Logo

फ्लाटमा ८ युवती राखेर यौनधन्दा


दृष्टि संवाददाता


झापा, १८ चैत ।
झापाको दमक नगरपालिका–६ स्थित नयाँ सब्जी मण्डी स्थितमा एक घर भाडामा लिएर यौन धन्दा हुने गरेको खुलेको छ । ८ युवती राखेर कोठी चलाउने २ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

दमक बजारमा कामको खोजीमा आउने बिभिन्न उमेर समुहका युवतीहरुलाई सोही घरमा राखी बेश्याबृति गराई रहेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिति खानतलासी गर्दा १७ देखी ३९ बर्ष उमेर समूहका ८ जना महिला तथा युवतीहरु फेला पारेको थियो । उनीहरुसँग प्रारम्भिक रुपमा सोधपुछ गर्दा मोरङ पथरीशनिश्चरे न.पा. वडा नं. ३ बस्ने बर्ष ३८ की उर्मिला नेम्बाङ र ईलाम चुलचुली गा.पा. वडा नं. ४ बस्ने बर्ष ३८ की बन्ठि भन्ने नन्दिता साँवा लिम्बु समेतले उनीहरुलाई बेश्याबृतिमा लगाएको बताएका थिए । तत्कालै उक्त घरमा रहेकी उर्मिला नेम्बाङलाई पक्राउ गरी ८ जना पिडित महिला तथा युवतीहरु समेतलाई उद्धार गरेको थियो । पिडितको बयान समेत झापा जिल्ला अदालतबाट प्रमाणित गराई पिडितहरुलाई आफन्तको जिम्मा लगाई छाडिएको र उनीहरुको बयानको आधारमा उर्मिला नेम्बाङको हकमा म्याद थप लिई अनुसन्धान भईरहेकोमा अनुसन्धानको क्रममा वारदातमा संलग्न तत्काल फरार रहेकी बन्ठी भन्ने नन्दिका साँवा लिम्बुलाई जिल्ला झापा दमक नगरपालिका वडा नं. ६ स्थितबाट मिति सोमबार बिशेष सूराकीको आधारमा पक्राउ गरी निजहरु उपर मानव बेचबिखन मुद्धा दर्ता गरीसम्मानित झापा जिल्ला अदालतबाट म्याद थप लिई थपअनुसन्धान कार्य भईरहेको झापाका डिएसपी राकेश झापाले बताए ।

प्रतिक्रिया दिनुहोस्