Logo
Logo

न्यायाधीश सिफारिस विवादमा आज सुनुवाइ


दृष्टि संवाददाता


काठमाडौ । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उक्त विवाद बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ तोकिएको छ ।
गत २८ फागुनमा बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालसँगै सुवेदीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । तर, सर्वोच्च अदालतको न्यायाधीशका लागि सुवेदीको योग्यता नपुगेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायपरिषदविरुद्ध चैत १३ गते रिट दिएका थिए ।
नेपालको संविधान २०७२ को धारा १२९ (५) मा सर्वोच्च अदालतको न्यायाधीशका लागि ४ वटा योग्यता तोकिएको छ ।
जसमा कानुनमा स्नातक गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने, वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्पनीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रुपमा ख्याति प्राप्त गरेको र न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष कम गरेको हुनुपर्ने छ ।
तर, सुवेदीले उच्च न्यायाधीशको रुपमा ३ वर्ष तीन महिना ३ दिनमात्रै काम गरेको र राजपत्रांकित प्रथम श्रेणीको पदमा जम्मा ९ वर्ष १० महिना १५ दिन काम गरेको रिट निवेदकको दावी छ ।

प्रतिक्रिया दिनुहोस्