Logo
Logo

हामी एकताको पक्षमा छाैँ : अष्टलक्ष्मी शाक्य


दृष्टि संवाददाता


मकवानपुर । नेकपा एमाले संसदीय दलको बैठकले विधान संशोधनका लागि समिति निर्माण गरेको छ । बैठकले पाण्डेको नेतृत्वमा तीन जना सदस्य रहने गरी नेकपा एमाले बागमती प्रदेश संसदीय दलको विधान संशोधन समिति गठन गरेको हो । समितिको सदस्यमा प्रदेशसभा सदस्य नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन् ।


बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल समूहको तर्फबाट प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले आफ्नो धारणा राखेकी थिइन् ।
बैठकमा नेतृ शाक्यले नेकपा एमालेलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताइन् । उनले आफूहरु एकताको पक्षमा रहेकाले मुख्यमन्त्री पौडेलविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिएको बताइन् ।

बैठकमा मुख्यमन्त्री पौडेलले विगतका कमिकमजोरीलाई त्यागेर अघि बढ्नुपर्ने धारण व्यक्त गरे । अहिलेको परिस्थितिमा नेकपा एमाले आपसमा विवाद खडा गरेर समस्यामा फस्नुभन्दा आफूलाई सच्याएर पार्टी र जनताको हितका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएका कारणले सो विषयमा छलफल नभएको नेकपा एमालेका प्रमुख सचेतक केशवराज पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्