Logo
Logo

माओवादीले सरकारलाई दिएको समर्थन र अविश्वासको प्रस्ताव फिर्ता लिने


दृष्टि संवाददाता


विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको दिएको समर्थन र अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ ।

प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले जानकारी दिए । नेकपा एमालेको माधव– झलनाथ पक्षले पनि अविश्वासको प्रस्ताव फिर्ता लिइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित बनेको तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले पुस १२ गते प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

तर सर्वोच्च अदालतले फागुन २३ गते दलको नामसम्बन्धी विवादमा फैसला गर्दा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि त्यतिबेला प्रचण्ड–माधव समूहमा रहेका सांसदहरु पनि आफ्नो साविकको दल एमाले र माओवादी केन्द्रमा विभाजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्