Logo
Logo

माओवादीले बिहीबारको स्थायी समिति बैठकबाट समर्थनबारे निर्णय गर्ने


दृष्टि संवाददाता



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक भोलि बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा बैठक बस्न लागेको हो ।

पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले ‘स्थायी समिति बैठक भोलि बस्दैछ । समर्थन फिताबारे बैठकमै छलफल हुने’ बताए । यसअघि शनिबार प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समर्थन फिर्ता लिने संकेत दिएका थिए ।

बिहीबार माओवादीले समर्थन फिर्ता लिएर ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्