Logo
Logo

उपेन्द्र यादवलाई देउवाले सोधे – तपाईको पार्टीले ओलीलाई समर्थन गर्ने हो ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ता समीकरणका सन्दर्भमा पार्टीको आधिकारिक निर्णयकाबारेमा प्रश्न गरेका छन् ।

बुधबार बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा सभापति देउवाले केपी ओली नेतृत्वको सरकारलाई हटाउने र नयाँ सरकार बनाउने विषयमा जसपा अध्यक्ष यादवसँग पार्टीको आधिकारिक धारणा मागेका हुन् ।

सत्ता समीकरणमा निर्णायक देखिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने अग्रसरता लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेको हो ।

जसपाभित्र यादव र डा.बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा छन् । यद्यपि पार्टीभित्र ठाकुरको पक्षमा बहुमत छ ।

सभापति देउवाले भने पछिल्लो राजनीतिक परिस्थितिबारे आफू राम्ररी जानकार रहेको भन्दै वैकल्पिक सरकार गठनका लागि वातावरण नबनेको बताएका थिए । ‘तपाईकै पार्टीले ओलीसंग कुरा मिलाइरहेको छ । मैले के गर्नु ?’, देउवाले भनेका थिए ।

यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि आफूहरु ओलीको विकल्प खोज्ने पक्षमा रहेको बताएका थिए । यता, बिहीबार बस्ने माओवादी केन्द्रको स्थायी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने बताइरहँदा देउवा र यादवको भेट भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्