Logo
Logo

डेढ वर्षपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं, १८ चैत ।
करिब डेढ वर्षपछि मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।


प्रधानमन्त्री ओली बिरामी भएयता बालुवाटारबाटै देश चलाउँदै आएका छन् । मन्त्रिपरिषद् समेत उनले निवासमै राखेका छन् । हालै मर्मत गरिएको सिंहदरबारस्थित भवनमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री ओली लामो समयसम्म सिंहदरबार नगएकोमा आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्