Logo
Logo

साता दिनपछि हट्यो ल्याण्डफिल्डको अवरोध

आजैबाट उपत्यकाको फोफोर उठ्ने


दृष्टि संवाददाता


काठमाडौं । काठमाडाैं उपत्यकाको फोहोर आजबाट उठ्ने भएको छ । महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठ्ने भएको हो ।
फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बासिन्दाले विभिन्न माग राख्दै १३ चैतदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए । फोहोर विसर्जनमा अवरोध भएपछि शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका मात्र पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न सहमत भएका हुन् ।
प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य सम्बन्धिका बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उनको भनाइ छ । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौंको अस्पतालमार्फत सेवा उपलब्ध गराउने भन्ने विषयमा प्रष्ट धारण बनाएर आउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्