Logo
Logo

प्रहरीको सफलताः आठ महिनामा ४७ सय फरार अपराधी समातिए


दृष्टि संवाददाता


काठमाडौं, २० चैत ।
अदालतबाट दोषी ठहर भई फरार रहेकाविरुद्ध प्रहरीले देशव्यापी रुपमा थालेको अभियान सफल देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा चार हजार सात सय ५ जना फरार अपराधी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा दुई हजार तीन सय ३२ मात्र पक्राउ परेका थिए । गत वर्षको तुलनामा यो वर्ष झन्डै दोब्बर पक्राउ परेका छन् ।


प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, उनले प्रहरी नेतृत्व सम्हालेको ९ महिना भएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फरारविरुद्ध बिशेष अभियान चलाउँन जिल्ला इन्चार्जहरुलाई निर्देशन दिएका थिए । सोहीअनुसार यो अभियानले तिव्रता पाएको हो ।
फरार अपराधीबाट आठ महिना २४ करोड ३५ लाख २३ हजार ५३ रुपैयाँ जरिवाना तथा दुई हजार नौ सय १० वर्ष कैद सजाय पनि भुक्तान गराएको छ । कानून कार्यान्वायनलाई थप सशक्त बनाउन थालिएको अभियानले सफलता पाएको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवर बताउँछन् ।
आठ महिनाको अवधिमा राजश्व संकलनमा प्रहरीको योगदान पनि बृद्धि भएको छ । यो अवधिमा दुई अर्ब १२ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा एक अर्ब ५७ करोड ५२ लाख रुपैयाँ प्रहरीबाट संकलन भएको थियो ।
प्रहरी महानिरीक्षक क्षेत्रीले प्रहरी नेतृत्व सम्हाल्नेको ९ महिना भएको छ । यो अवधिमा केही सकारात्मक सूचकांक देखिएका छन् । बेरुजु फछ्यौंटमा पनि नेपाल प्रहरी उत्कृष्ट भएको छ । ९५ प्रतिशत भन्दा धेरै बेरुजु फछ्यौट भएको छ ।

महानिरीक्षक क्षेत्रीको नेतृत्वमा प्रहरीमा थोरै भएपनि केही सुधार भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्