Logo
Logo

मन्त्रिपरिषद बैठक : विज्ञापन बोर्डको अध्यक्षमा हुमागाइँ


दृष्टि संवाददाता


 

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाइँलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावअनुसार बोर्ड अध्यक्षमा हुमागाइँलाई नियुक्त गरेको हो । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा, रमेशकुमार खड्का र लक्ष्मण हुमागाइँ थिए ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले २० फागुनमा सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।
त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्वजर्नेल बाबुकृष्ण कार्की सहित डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्