Logo
Logo

प्रधानमन्त्रीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा


दृष्टि संवाददाता


 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा शुक्रबार चढेको पेशी ‘हेर्न नभ्याइने’मा परेको हो ।
उक्त मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको इजलासमा परेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचाय लगयतले मुद्दा दायर गरेका थिए ।
सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो ।
यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीका साथै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा परेको छ ।

प्रतिक्रिया दिनुहोस्