Logo
Logo

विराटनगरमा एकजना पुरुषको हत्या


दृष्टि संवाददाता


विराटनगर । विराटनगरमा एकजना पुरुषको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार राति विराटनगर महानगरपालिका—८ बलुवाइका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।

घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएको प्रहरीको भनाई छ ।

घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । घटनापछि अनुसन्धान सुरु गरिएको हो ।

यो पनि पढ्नुस्

लहानमा एक व्यपारीको गोली हानी हत्या

प्रतिक्रिया दिनुहोस्