Logo
Logo

सार्कबारे भारत अझै मौन


दृष्टि संवाददाता


काठमाडौं । भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण रोकिएको सार्क शिखर सम्मेलन अझै अनिश्चित बनेको छ । सार्क शिखर सम्मेलनबारे भारतले अन्ततः मुख खोल्दै सार्कको सन्र्भमा केही नबोल्ने बताएको छ ।

यसवर्षको अन्त्यमा पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री सहभागि हुनसक्ने अनुमानसहितको समाचारपछि भारत विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया दिँदै प्रवक्ता अरिन्दम बागचीले अहिले केही नबोल्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो हाइ कमिसन पाकिस्तानमा अस्तित्वमा छ र राम्रोसँग काम गरिरहेको छ । संचारका लागि यो प्रभावकारी माध्यम पनि हो । सार्कलाई लिएर यो क्षणमा हामी केही पनि बोल्न चाहँदैनौ ।’

भारत र पाकिस्तानबीचको तनावका बीच सार्कको भविष्य नै अन्यौलमा परिरहेको बेला भारतको यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस्