Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : वर्ष २०७७ लाई बिदाई गरिँदैदेखि कोरोना भाइरसको संक्रमण बढ्दैसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. वर्ष २०७७ लाई बिदाई गर्दै नयाँ वर्षको स्वागत गरिँदै, राजनीतिक उथलपुथलका कारण २०७७ अविष्मरणीय, कोरोनाले आर्थिक क्षेत्रमा पारेको प्रभावबारे मुलुक २०७८ मा पनि तंग्रिन मुस्किल पर्ने विज्ञको तर्क, वर्षारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ।

२. नेपालमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै, पछिल्लो २४ घण्टामा ५ सय १७ नयाँ संक्रमित फेला, काठमाडौं उपत्यकामा मात्रै २ सय १ जना थपिए, संक्रमणबाट थप पाँच जनाको मृत्यु, विद्यालयहरू कम्तीमा एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, संक्रमण बढ्ने आकलनसहित शुक्रराज ट्रपिकलमा संक्रमितलाई मात्रै भर्ना लिइने, भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्नेको संख्या बढेपनि हेल्थ डेस्क नहुँदा संक्रमणको जोखिम कायमै,दैनिक संक्रमित ११ हजार र सक्रिय संक्रमित ६ लाख पुग्ने सरकारको प्रक्षेपण ।

३. कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक तयारी गर्न सरकारलाई नेपाली कांग्रेसको आग्रह, गम्भीर बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री तत्काल आपूर्ति, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित जाँच र क्वारेन्टाइन व्यवस्थाजस्ता तयारी गर्न माग, देशले फेरि लकडाउनको अवस्था धान्न नसक्ने कांग्रेसको निष्कर्ष ।

४. नयाँ सरकार निर्माणको मुख्य पात्र मानिएको जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईको भेट, केपी ओलीसँग कुनै पनि हालतमा सती जान नसकिने बाचा, नयाँ सरकार गठबन्धनको हलो कांग्रेसले अड्काएको अध्यक्ष महन्थ ठाकुरको आरोप, कांग्रेसले आफूहरुको माग पुरा गर्न नचाहेको तर सहयोगको अपेक्षा राख्दा सहमति हुन नसकेको ठाकुरको तर्क ।

५. राष्ट्रिय सुरक्षा नीतिका विषयमा अत्यन्त होसियार हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड, आतंकवादको कुनै सीमा नहुनेभएकाले पनि आतंकवादी गतिविधि सीमाबाट हुन नदिन सीमामा कडाई गर्नुपर्ने तर्क, खुल्ला सीमाबाट प्रवेश गर्ने जोकोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने प्रधानमन्त्री ओलीको धारणा ।

६. अनलाइन सञ्चारमाध्यमको दर्ता खारेज नगर्न सर्वोच्च अदालतले आदेश, सरकारले जारी गरेको ‘अनलाइन संचार माध्यम संचालन निर्देशिका–०७३’ स्वतः बदर, सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार सरकारले जारी गरेको निर्देशिका बदर गर्ने आदेश ।

७. आर्थिक बर्ष २०७८ र ८९ को बजेट कार्यान्वयन हुने खालको संयमित र अनुशासित बजेट ल्याउने अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता, आगामी बजेटको मुख्य प्राथमिकता कोभिड–१९ ले अर्थतन्त्रमा सिर्जना गरेको चुनौति र त्यसको सामना गर्ने तर्फ नै हुने दावी, वर्षको अन्त्यसम्म पनि कार्यान्वयन नहुने आयोजनालाई बजेटमा प्राथमिकता नदिने पौडेलको दृढता ।

८. २०७७ सालको अन्तिम दिन शेयर बजारमा रेकर्ड, नेप्से सूचक २७ सय माथि, कोरोना बीमाको दाबी भुक्तानी करिब ६ अर्ब पुग्यो, ६ सय ६६ दाबी बापतको भुक्तानी नहुने, सिन्डिकेटविरुद्धको कानुन उल्लंघन अभियोग लागेको अलिबाबा तीन खर्बभन्दा बढी जरिवाना तिर्न तयार, आन्तरिक उत्पादनमा सुधार नआउँदै बढ्यो विद्युत माग, आयातित एक करोड ६९ लाख युनिट ।

९. टी २० सिरिजका लागि मलेसिया र नेदरल्याण्ड्स टिम नेपालमा, नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने, राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणमा ३२ खेलाडी छनोट, एएफसी कपको प्रारम्भिक छनौट अन्तर्गत दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी टिमले भोली बैंगलुरु एफसीसँग खेल्दै, भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकत्ता र मुम्बई प्रतिस्पर्धा गर्दै, रियल मड्रिडका कप्तान रामोसलाई कोरोना भाइरसको संक्रमण पुष्टि, होम आइसोलेसनमा रहेको भनाइ ।

१०.र, भारतमा एकैदिन १ लाख ६० हजार संक्रमित, भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति, अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव, रात्रिकालीन कर्फ्यू जारी, म्यानमारमा आन्दोलनका क्रममा अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा, एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउन अमेरिकामा रोक,रोयटर्सको १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक नियुक्त ।

प्रतिक्रिया दिनुहोस्