Logo
Logo

सरकारविरुद्ध अविश्वासको प्रस्तावमा समर्थन गर्ने जनमोर्चाको निर्णय


दृष्टि संवाददाता


कास्की । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको छ । यससँगै मोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने भएको छ ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका छन् ।

गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको र त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा समर्थन गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’

आफूहरु वामपन्थीको पक्षमा रहेको भन्दै हालसम्म सरकारको समर्थन गरिरहेको जनाएको छ । साथै, मुख्यमन्त्रीबाट पृथ्वी सुब्बा गुरुङ हटेपछि नयाँ बन्ने सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने जनमोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्