Logo
Logo

जिप्रका गुल्मीको गाडी दुर्घटना, दुई जनाको मृत्यु


दृष्टि संवाददाता


गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको हो । गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारीलगायत सवार रहेको जनाइएको छ ।

प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको बताए । तर, सनाखत हुन बाँकी छ । दुर्घटना स्थलमा उद्दार गर्न प्रहरीको टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्