Logo
Logo

कुकुर हत्याको विरोधमा प्रदर्शन


दृष्टि संवाददाता


तस्बिर सभार रातोपाटी

काठमाडौं । कुकुरको हत्या गरेको भन्दै त्यसको विरोधमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माइतीघर मण्डलामा पशु अधिकारकर्मीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘खैरे’ नामको कुकुरको विभत्स हत्याको कडा शब्दमा विरोध गर्दै पशु अधिकारको रक्षा गर्न माग गरेका छन् । केही दिनअघि काभ्रेको धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेका थिए ।

बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । नेशनल एनिमल रिसर्च सेन्टर बनेपाले कुकर मार्नेलाई कारबाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्