Logo
Logo

घुमुवा परिचालन गरेर एसपी र डिआइजीको असुली


दृष्टि संवाददाता


बाँके, १ बैशाख ।
सिडिओ सरुवा भएलगत्तै बाँकेमा अवैध धन्दा फष्टाएको छ । प्रहरीका घुमुवाहरु पैसा उठाउन सक्रिय भएका छन् ।

सिडिओ रामबहादुर कुरुङवाङले सोमबार बिदाई भएको थियो । सोही दिन क्रसर तथा नदीजन्य उत्खनन गर्ने व्यवसायीसँग असुली धन्दा सुरु भएको छ । सोमबार नै इलाका प्रहरी कार्यालय कोहलपुरले राप्ती सोनारी गाउँपालिका–२ बाट उत्खनन गरिएका गिटी तथा बालुवाका १० वटा ट्रक नियन्त्रणमा लिएको थियो । इन्सपेक्टर शुभराज बमको टोलीले नियन्त्रणमा लिएर छानबिनका लागि गाउँपालिकालाई बुझाएको थियो ।

राप्ती सोनारीमा हालैमात्र उत्खनन सुरु भएको हो । जहाँ प्रहरीलाई पैसा बुझाइएको छैन । जसकारण प्रहरीले लाइन मिलाउन टिप्परहरु नियन्त्रणमा लिन थालेको छ ।

गाउँपालिकाले ४० लाखमा नदीजन्य पदार्थ उत्खननको ठेक्का दिएको थियो । हुलाकी राजमार्ग निर्माणका लागि मात्र भनेर सो ठेक्का एपेक्स, कन्काई, खड्का जेभीकम्पनीसँग सम्झौता भएको थियो । सो कम्पनीले हुलाकी राजमार्ग मात्र नभई अन्यत्र समेत नदीजन्य पदार्थ बिक्रि गर्दै आएको छ । सो कम्पनीका मालिक रत्न खड्काले टिप्परलाई समेत पैसा भने दिएका छैनन् । खड्काले दैनिक ४०/५० टिप्पर नदीजन्य पदार्थ बिक्रि गर्दै आएका छन् । उनले बाँकेका एसपी ओमबहादुर रानासँग सेटिङ मिलाइसकेको स्रोत बताउँछ ।

यसमा प्रदेशका डिआइजी रबिन्द्र धानुकको समेत मिलेमतो रहेको स्रोत बताउँछ । एसपी रानाले घुमुवा इन्चार्ज बम रावललाई दैनिक रुपमा अवैध उत्खनन गर्नेसँग पैसा उठाउन खटाउने गरेका छन् । डिआइजी धानुकको नाममा समेत उनै रावलले पैसा उठाउने गरेको स्रोत बताउँछ ।जिल्लाका अन्य नदीजन्य खानीमा पनि प्रहरीले असुलीलाई तिव्रता दिएको छ ।

यसअघि धानुकले गोरु तस्करीको लाइन खोलेका थिए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवा गर्ने धम्की दिएपछि अहिले लाइन बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्