Logo
Logo

आइतबारसम्म असिनापानी पर्न सक्ने


दृष्टि संवाददाता


काठमाडौं । स्थानीय वायुको असरले काठमाडौं उपत्यका सहित पहाडी भेगमा शुक्रबार दिउँसो असिनापानी परेको छ । यो क्रम आइतबारसम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुन’ समयमा एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको छ ।

‘नेपालमा अहिले कुनै मौसमी प्रणाली छैन, स्थानीय वायुको प्रभावले असिना पानी परेको हो’, मौसमविद् वरुण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’

काठमाडौंको आकासमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उनले बताए । ‘ठाउँअनुसार फरकफरक छ । कहीँ धेरै पानी परेको छ, कहीँ कम,’ उनले भने, ‘प्रि–मनसुनमा यस्तै हुन्छ । दुई–तीन घन्टापछि यो खुलेर जान्छ ।’

प्रतिक्रिया दिनुहोस्