Logo
Logo

मौसम पुर्वानुमानः आज चट्याङसहित हावाहुरी र वर्षा


दृष्टि संवाददाता


काठमाडौं । देशका विभिन्नस्थानमा आज पनि आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका केहीस्थान र तराईका केही भागमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । यद्यपि दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्