Logo
Logo
सर्वदलीय बैठक

बालुवाटारमा हुने बैठकमा सहभागी नहुने प्रचण्डको प्रधानमन्त्रीलाई सन्देश

जसपाबाट महन्थलाई बोलाउँदा उपेन्द्र र बाबुराम बेखबर


दृष्टि संवाददाता


 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । विहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री ओलीले हिजो नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका थिए ।

दुबै नेतालाई सहभागीका लागि आग्रह गरेको भएपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू वालुवाटार नजाने भन्दै सिंहदरवारमा बैठक राख्न भनेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि अध्यक्ष प्रचण्ड वालुवाटार गएका छैनन् । साँझसम्ममा स्थान सारिएकोबारे जानकारी नआएको उनको सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई खबर नगरेर महन्थ ठाकुर पक्षलाई मात्र खबर आएको जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्