Logo
Logo

बाँके दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत, घाइते सातको अवस्था गम्भीर


दृष्टि संवाददाता


बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ रोहिणी खोला नजिक भएको बस दुर्घटनामा मत्युभएका मध्ये ४ जनाको सनाखत भएको छ ।

दुर्घटनामा पाँच जनाको मृत्युभएको र एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीका कार्यालय जनाएको छ । मृत्यु हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ४१ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्