Logo
Logo

प्रधानमन्त्रीलाई सभामुखको जवाफ- ‘जस्तोसुकै जाेखिम लिन तयार छु, दबाबमा निर्णय गर्दिन’


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले सदनमा एमसीसी टेबल गर्न नदिएको भन्दै आक्रोस पोखिरहेको बेला सभामुख सापकोटाले कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने बताएका हुन् ।

आफ्नो जिम्मेवारी र भूमिका स्वतन्त्र रहेको र आफूले सभामुखको रुपमा संविधानको अधिनमा रही स्वतन्त्र काम गर्ने सपथ खाएको स्मरण गर्दै सभामुख सापकोटाले भने– ‘म कसैको दबाबमा निर्णय गर्ने छैन । म जस्तोसुकै जोखिम लिन तयार छु । तर, दबाबमा निर्णय हुँदैन । संविधान र कानूनको आधारमा निर्णयहरु हुनेछन् ।

नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा निकै ठूलो घेराबन्दीमा रहेको समेत बताएका छन् ।

कुनै न कुनै रुपमा संघीय संसद प्रतिनिधिसभामा दबाब सृजना गरेर आफू अनुकूल निर्णय गराउन घेराबन्दी गरिएको सभामुखको संकेत थियो ।

प्रतिक्रिया दिनुहोस्