Logo
Logo

महाधिवेशनको संवैधानिक संकट हटाउने प्रधानमन्त्रीको प्रस्तावपछि कांग्रेसमा विवाद


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशन कार्यातालिका हेरफेरमा विवाद भएको छ । हिजो (आइतबार) बोलाइएको केन्द्रीय समिति बैठक विवादकै कारण बस्न सकेन ।

बैठक आज (सोमबार) अपरान्ह ४ बजेका लागि बस्ने तय भएको छ । हिजो केन्द्रीय समिति बैठक अघि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा महाधिवेशनको क्रियाशिल सदस्यता वितरणदेखि कार्यतालिकामा गर्न खोजिएको हेरफेरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति जुट्न सकेन ।

आन्तरिक तयारी बाँकी रहेको भन्दै अपरान्ह ४ बजेसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरियो । संविधान अनुसार पनि पार्टीको महाधिवेशन भदौमा गरिसक्नुपर्ने छ । सर्वदलीय बैठकका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको संवैधानिक संकट टार्न आफू तयार रहेको सन्देश दिएका थिए ।

त्योसँगै पार्टी सभापति देउवा पनि महाधिवेशन सार्ने भित्रि मनाशायमा रहेको बुझिएको छ । तर, वरिष्ठ नेता पौडेल समूह भने जुनसुकै हालतमा महाधिवेशन हुनुपर्ने अडानमा छन् ।

शीर्ष नेताहरुबीच महाधिवेशनको मुख्य मिति नचलाइ कार्यतालिकामा हेरफेर गर्न सहमति जुटे आज केन्द्रीय समिति बैठक बस्नेछ । गत चैत ३० गते नै क्रियाशिल सदस्यता वितरणको म्याद सकिएको छ । तर, सबै जिल्लामा क्रियाशिल सदस्यता वितरण हुन सकेको छैन । त्यसैले पनि म्याद थप गर्ने तयारी कांग्रेसमा रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्