Logo
Logo

बालाजुचोकमा बन्चारोले आक्रमण गरेर लुटपाट


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंमा लुटपाटका घटना बढेका छन् । गत शुक्रबार बालाजु चोकमा एक व्यक्तिलाई बन्चरोले आक्रमण गरी घाइते बनाएर लुटपाट भएको छ ।


काठमाडौं १६ बस्ने रमेश चनारालाई लुटपाट गर्ने उद्देश्यले बन्चरो प्रहार गरी शख्त घाईते बनाएको थियो । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाका सुमन परियार, ओखलढुंगाका छिरिङ्ग मोक्तान र मकवानपुरका सुरज तामाङ्ग छन् । उनीहरु पेशेवर लुटेरा समूह रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्