Logo
Logo

पृतना खारेज गर्दै नेपाली सेना


दृष्टि संवाददाता


काठमाडौं । नेपाली सेनाले पृतना खारेज गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार हाल पृतनामा आधारित सेनाको संरचना खारेज गरेर चार कमान्ड बनाउन लागेको हो । उनका अनुसार साउनदेखि आठ वटै पृतना खारेज हुने छ ।

अब सेनाका पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड रहने प्रवक्ता पौडेलले जानकारी दिए । उपत्यकाबाहेकका सबै कमान्डको सीमा भारत र चीनसँग जोडिएका छन् । यसअघि हरेक प्रदेशमा एक एक वटा पृतना र उपत्यकामा एउटा गरी ८ वटा पृतना थिए ।

यसअघि २०७४ वैशाल २९ गते बसेको मन्त्रिपरिषदको बैठकले विकास क्षेत्र र राजधानीमा भएको छवटा पृतनालाई बढाएर प्रदेशमा रहने गरी पृतनाको संख्या आठ पुर्याउने निर्णय गरेको थियो ।

अब बन्ने सबै कमान्डलाई समान श्रोतसाधन उपलब्ध गराइनेछ । हरेक कमान्डमा एयर बेस, लजिस्टिक बेस र अस्पताल रहनेछन् । यसअघि जंगी अड्डाले गर्दै आएका जिम्मेवारी समेत कमान्डलाई दिइनेछ । जंगी अड्डालाई रणनीतिक योजनामा केन्द्रित गर्ने सेनाको योजना छ।

प्रतिक्रिया दिनुहोस्