Logo
Logo

जनसेवा वृत्तका दुई घुमुवा पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । महानगरीय प्रहरी वृत्त जनसेवा वृत्तका दुई सादा पोशाकमा काम गर्ने प्रहरी पक्राउ परेका छन् । लागूऔषध कारोबारको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा जनसेवामा कार्यरत रहेका जवानद्वय नरेन्द्रसिंह नगारी र प्रेम ओड छन्। उनीहरुले बरामद भएको लागूऔषध बेच्न खोजेको ब्यूरोका एसएसपी दिलिप चौधरीले बताए । उनीहरुबाट औषधीजन्य लागु औषध बरामद भएको छ । यो घटनामा वृत्तका डिएसपीमाथि समेत छानबिन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्