Logo
Logo
नागरिकतासम्बन्धी अध्यादेश जारी

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउने


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेका हुन् ।

अध्यादेश जारी भएपछि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन मिल्ने भएको छ । अहिले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए । उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्