नाबालिका बलात्कार अभियोगमा एक पक्राउ « Drishti News – Nepalese News Portal
Logo

नाबालिका बलात्कार अभियोगमा एक पक्राउ


दृष्टि संवाददाता


रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको भनाइ छ । बालिकाका आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

खेतमा काम गर्न गएका आमाबुवा घरमा आएपछि बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् । बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको छ ।

करणीको अभियोग लागेका गन्धर्वलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्