Logo
Logo

फेसबुकको लभको समस्या अब फिल्ममा


दृष्टि संवाददाता


काठमाडौं । बिजि बर्मा फिल्मस्को ब्यानरमा निमार्ण भएको लघु चलचित्र ‘फेसबुक लभ’ सार्वजनिक भएको छ । फेसबुकमा बोलेको भरमा भएको सम्वन्धबाट आइपर्ने समस्यालाई लघु चलचित्रमा समावेश गरिएको छ ।

फेसबुकमा म्यासेन्जरमा गफ गरेर लभ परेकाहरु कतिपयको ज्यान सुमेत जाने गरेको छ भने कतिपय लुटिने गरेका समाचारहरु आइरहेका छन् । फिल्म यसैमा केन्द्रित रहेको र्निाणपक्षको भनाइ छ ।

शंकर अधिकारी घायलको प्रस्तुती र लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुभि ‘फेसबुक लभ’ बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ ।

शिखा पौडेल, रोशन बिसि र मोतिराम थापाको अभिनयमा दिवश गुरुङको छायाँकन र राजन महर्जनको नृत्य र अन्जली थापाको सम्पादन रहेको यसा नित्याशिवाको स्वर र शंकर अधिकारी घायलको गीत तथा संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्