Logo
Logo

‘समृद्ध नेपाल साकार भएमात्र गणतन्त्र दिवश मनाउनुको सार्थकता हुन्छ’


दृष्टि संवाददाता


काठमाडौं । मन्त्रिपरिषदका पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नेपालको परिकल्पना साकार पार्ने औजार बन्न सकेमात्र गणतन्त्र दिवश मनाउनुको सार्थकता हुने बताएका छन् । रेग्मीले शनिबार १४औँ गणतन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने कुरा सर्वाधिक प्राथमिकताको विषय भएको बताएका छन् ।

पूर्वअध्यक्ष रेग्मीले शुभकामना सन्देशमा भनेका छन्, ‘विगत लामो समयदेखिको संघर्ष र आन्दोलनको फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान दोश्रो संविधान सभामार्फत प्राप्त हुन सकेको हो । यसको मूलमर्म नागरिक सर्वोच्चता हो । वहुदलीय शासन प्रणलीमा यसको व्यवहारिक कार्यान्वयन र अभ्यासमा राजनीतिक दलहरु, यसका नेतृत्व वर्गको अंहभूमिका अपेक्षित र महत्वपुर्ण हुन्छ ।’

रेग्मीले गणतन्त्र दिवसको स्मरण गर्दै मुलुक यतिखेर कोभिडको महामारीले गाँजेको अवस्थामा राजनीति नराम्ररी दलदलमा फसेको उल्लेख गर्दै गणतन्त्र उल्लासमय हुन नसकेको बताएका छन् ।

‘सवै मिली जुटेर नागरिकको जीवन सुरक्षित गर्ने कुरा सर्वाधिक प्राथमिकताको विषय वन्नु पर्ने हो । सधैँ राजनीतिक विवादलाई अदालतको प्रांगणमा पुर्याउने र त्यहाँको परेड खेलजस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास विचरो वन्न पुगेको महसूस गराउँछ’ रेग्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले राजनीति आफैमा समस्या नवनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार वन्न सकेमात्र गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ । यसको सन्देश पनि यहि हो भन्ने मलाई लाग्दछ ।’

प्रतिक्रिया दिनुहोस्