Logo
Logo

निषेधाज्ञा अवज्ञा गर्ने ४३२ सवारी साधन ट्राफिक ‘होल्ड’मा


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण बढ्पछि काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा बुधबार पनि जारी छ ।

निषेधाज्ञाका कारण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको ट्राफिक महाशाखाले जनाएको छ । तर, कार्यालय समयमा भने सवारी चाप केही बढेको छ । निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बुधबार बिहान निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ४३२ ओटा सवारी साधनलाई काठमाडौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ३४६ ओटा दुई पाङग्रे, ४९ ओटा चारपाङ्ग्रे २१ ओटा ठुला सवारी साधन र ४ ओटा ट्याक्सी रहेका महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्