Logo
Logo

लिचीको दाना घाँटीमा अड्किदा बालकको मृत्यु


दृष्टि संवाददाता


कञ्चनपुर । लिचीको दाना घाँटीमा अड्किदा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि उनलाई महाकाली अस्पताल लगिएको थियो । उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्