Logo
Logo

कैलालीको निषेधाज्ञामा नयाँ आदेश


दृष्टि संवाददाता


धनगढी । कैलालीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि थप्दै आएको निषेधाज्ञा लम्बाएको हो ।

अबदेखि कैलालीमा सबै बैंक तथा वित्तीय संस्थाहरु बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म मात्र बढीमा ५० प्रतिशत मात्र कर्मचारी राखी जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

यस्तै, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) प्रत्येक आइतबार, मंगलबार, विहीबार र शनिबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ भने सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्