Logo
Logo

नेपाल पक्षको बैठक जारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल र भलनाथ खनाल समूहका केन्द्रीय सदस्यहरुको बैठक जारी छ । भर्चुअल माध्यमबाट जारी बैठकमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहका दोस्रो पक्षबीच अनौपचारिक वार्ता भइरहेको बोल नेपाल—खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।

बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुनेछ । यता, एमालेले भने अनाधिकृत व्यक्तिले आह्वान गरेको बैठकमा सहभागी नहुने केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्