Logo
Logo

युरोकपमा करोडौंको बाजी


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । कोरोना महामारीकाबीच यतिबेला यूरोपमा यूरोकप तथा क्यारेबियन देशमा कोपा अमेरिका फुटबल प्रतिस्पर्धाको गर्मी छ । यूरोप र दक्षिण अमेरिकामा मात्र फुटबलको गर्मी छैन, नेपालमा समेत आइपुगेको छ ।

उच्चस्तरको फुटबललाई विश्वभर रुचाउनु स्वभाविक हो, तर नेपालमा यूरोकप र कोपा अमेरिकाको नाममा अवैध गतिविधि भइरहेको छ, त्यो पनि प्रहरीकै संरक्षणमा । ती फुटबल प्रतिस्पर्धाका नाममा नेपालमा दैनिक करोडौंको हारजित हुने गरेको छ । तर, प्रहरीले सूचना पाएर पनि अनुसन्धान गरेको छैन ।

स्रोतका अनुसार काठमाडौंमा यस्ता बाजी खेलाउने दर्जनौं गिरोह छन् । जसको प्रहरीका हाकिमसँग साँठगाँठ रहेको छ । प्रहरीले थाहा पाएर पनि उनीहरुमाथि अनुसन्धान गरेको छ । महानगरीय अपराध महाशाखा तथा काठमाडौं परिसरका प्रहरीकै मिलेमतोमा काठमाडौंमा यस्तो धन्दा मौलाएको स्रोत बताउँछ । जसकारण यो वर्ष प्रहरीले एक जनालाई पनि पक्राउ गर्न सकेको छैन ।

जसमा विगतमा पक्राउ परेरै छुटेकाहरु सक्रिय छन् । ठमेलमा ठूला डिस्को चलाउनेहरु समेत अहिले प्रहरीलाई ‘लाइन’ मिलाएर यस्तो धन्दामा लागेका छन् । विभिन्न एपबाटै सूचना आदानप्रदान हुने र अनलाइन कारोबार हुने भएकाले यस्ता काम गोप्य रुपमा समेत हुने गरेका छन् । तर, उपत्यकामा सयौं व्यक्तिसँग सञ्जाल फिजाएर पैसा उठाउने गरिएकाले प्रहरीलाई थाहा नहुने सम्भावना छैन । केही प्रहरी त आफैं समेत यस्तो गिरोहमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्