Logo
Logo

होटल क्वारेन्टाइनमा पनि भ्रष्टाचार


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीको बेला हरेक क्षेत्रमा अनियमितता र ठगी बढ्दो छ । स्वास्थ्य सामाग्रीदेखि भ्याक्सिन खरिदमा समेत भएका चलखेलहरु बाहिर आइसकेका छन् । यो बेला कतिपय नीतिगत भ्रष्टाचार समेत मौलाएका छन् । होटल क्वारेन्टाइनका नाममा पनि सरकारी अधिकारीले भ्रष्टाचार गरेको तथ्य खुलेको छ ।

हाल विदेशबाट आउनेलाई १० दिन अनिवार्य होटल क्वारेन्टाइन भनिएको छ । भ्याक्सिन लगाएर आउनेको हकमा समेत लागू गरिएको यस्तो नियमले धेरैलाई समस्यामा परेको छ । यसको मुख्य स्वार्थ भनेको कोरोना नियन्त्रण भन्दा पनि केही सिमित होटलको व्यापार बढाउने हो । ती होटलको पर्यटन मन्त्रालयका अधिकारीसँग साँठगाँठ रहेको छ ।

ती होटलले विदेशबाट आउनेसँग चर्काे शुल्क असुलेका छन् । पहुँच भएकाहरुले पनि आफ्नो होटललाई क्वारेन्टाइन बनाउने अनुमति जिल्ला प्रशासन र पर्यटन मन्त्रालयबाट पाएका छन् ।

यसपटक कसरी नीतिगत भ्रष्टाचार भयो भने ठमेल तथा सुन्धारा क्षेत्रका होटललाई क्वारेन्टाइन नदिने निर्णय भयो । जबकि, त्यही क्षेत्रका होटलहरु विगत १६ महिनादेखि भाडा पनि तिर्न नसकेपछि समस्यामा परेका छन् । ती क्षेत्रमा भिडभाड हुने भन्दै त्यस्तो निर्णय गरिएको छ । जबकी ठमेल आवासिय क्षेत्र होइन । आवासिय क्षेत्रमा रहेका होटललाई भने क्वारेन्टाइन बनाइएको छ । पर्यटन सचिव यादब कोइराला र काठमाडौंका सिडिओ काली प्रसाद पराजुलीले समेत होटल छनौटमा चलखेल गरेको स्रोत बताउँछ ।

सरकारले काठमाडौंमा ४३ वटा होटललाई मात्र क्वारेन्टाइनको अनुमति दिएको छ । अन्य होटललाई समेत थप्ने बताइएपनि निर्णय भएको छैन ।

हाल विदेशबाट आउनेलाई १० दिन अनिवार्य होटल क्वारेन्टाइन भनिएको छ । भ्याक्सिन लगाएर आउनेको हकमा समेत लागू गरिएको यस्तो नियमले धेरैलाई समस्यामा परेको छ । यसको मुख्य स्वार्थ भनेको कोरोना नियन्त्रण भन्दा पनि केही सिमित होटलको व्यापार बढाउने हो । ती होटलको पर्यटन मन्त्रालयका अधिकारीसँग साँठगाँठ रहेको छ ।

यसरी क्वारेन्टाइनको अनुमति पाउनेहरुमा एयरपोर्ट होटल, बैशाली, समिट, मस्याङदी, प्लाटिनम, मनाङ, ल्याण्डमार्क, मुनलाइट, सर्बिना, ल्याण्डमार्क, कमल, पार्क भिलेज रिसोर्ट, क्राउन प्लाजा, प्रिन्स प्लाजा, शिवम प्लाजा, गणेश हिमाल, थोरोङ पिक, भिभान्त छन् ।

त्यस्तै, लाफा, रिडर्स इन, एभरेष्ट माउन्ट होलिडे, मिराज लर्डस्, होटल याम्बु, फेमिली होम, शिवशंकर, होटल रिभर, काठमाडौं सिटी, ल्याण्डमार्क फरेस्ट, लोटस बुद्ध इन, होटल भ्यु भक्तपुर, आर्यतारा, होटल कैलाश, होटल ओशो होम, उडल्याण्डले पनि पहुँचकै आधारमा अनुमति पाएका छन् । होटल एसेस, पिलग्रिम्स होम, अमादाम्बलम, ब्यूटीफुल काठमाडौं, च्वाइस होटल, होटल नेपालय, होटल आर्टस् काठमाडौं, शिव तिरुपति, होटल भ्यु भृकुटी र होटल क्यासकेडमा पनि क्वारेन्टाइन बनाइएको छ ।

यी होटलहरुको प्रतिदिन कोठाको मुल्य समेत यसपटक सार्वजनिक गरिएको छैन । जसकारण खाडीबाट आउने गरिब नेपालीहरु महंगा होटलमा क्वारेन्टाइन बस्न बाध्य छन् । पहुँचवालाहरु पावर लगाएर क्वारेन्टाइनमा बस्न नपर्ने पनि पहुँच नभएकाहरुको विदेशबाट कमाएको पैसा होटलमै सक्किने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्