Logo
Logo

महाधिवेशन आयोजक कमिटी बैठकमा माधव समूहलाई पनि निम्तो


दृष्टि संवाददाता

3.6k
Shares

काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई पनि निम्तो पठाइएको छ।

बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । तामाङले भने, ‘हामीले तत्कालीन एमालेका सवै केन्द्रीय सदस्यहरुलाई सूचना गरेका छौं।’

कारबाहीमा परेकाबाहेक सवैलाई बैठकमा बोलाइए पनि वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत एघार जनालाई भने बोलाइएको छैन । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्