Logo
Logo
जसपा विवाद

महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगले छलफलमा बोलायो


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद समाधानका लागि निर्वाचन आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । यसअघि जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो ।

असार ४ गते सो निवेदन आएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । ठाकुर पक्षले आइतबार नै आयोगमा जवाफ बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्