Logo
Logo
सर्वोच्च अदालतको आदेश

माओवादीले पदमुक्त गराएका दुई मेयरकाे पुनर्वहाली


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा माओवादीले पदमुक्त गरेका दुई जना जनप्रतिनिधिलाई सर्वाेच्च अदालतले पुनर्वहाली गरिदएकाे छ ।

सर्वोच्चले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हाे ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ ।

आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने कारण देखाउँदै निर्णय कार्यान्वयनमा राेक लगाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्