Logo
Logo

प्रदीप ज्ञवाली भन्छन्,‘सरकार घेराबन्दीमा पर्‍याे’


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकार अहिले चौतर्फी घेराबन्दीमा परेकाे बताएका छन् ।

राष्ट्रिय धान दिवसका अवसरमाा राष्ट्रिय युवा संघ नेपालले मंगलबार भक्तपुरमा आयोजना गरेको रोपाइ विशेष कार्यक्रममा नेता ज्ञवालीले सरकारले चाैतर्फी घेराबन्दीमा काम गर्न नसकिरहेकाे र प्राप्त उपलव्धी गुम्न सक्ने खतरा पैदा भएको बताए ।

ज्ञवालीले मुलुकलाई बिकासको बाटोमा अघि बढाउने काममा सरकार लागेपनि घेराबन्दी गर्दै यसलाई अवरुद्ध पार्न खोजिएको बताए । यसअघि पनि पटक पटक घेराबन्दीको सामना गर्नुपरेको भन्दै अहिलेको घेराबन्दीको पनि सामना गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्