Logo
Logo

निधि, काेइराला र सिंहले बाेलाए केन्द्रीय सदस्यकाे बैठक


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् ।  पूर्वमहामन्त्री सिंहको निवासमा भएको तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

महाधिवेशनमा केन्द्रित भई छलफल गर्न टोखास्थित कोइराला निवासमा केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय भएको छ ।

केन्द्रीिय सदस्यपछि सभापतिका प्रत्यासी नेताहरुसँग छलफल गर्ने उनीहरुको रणनीति छ ।  महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरु एकमत देखिएका छन् ।

 महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरू भेटघाट र छलफलको दौडधुप बढेको छ । 

प्रतिक्रिया दिनुहोस्