Logo
Logo
एमालेको निर्णय

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने

कमिटी जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रूपान्तरण


दृष्टि संवाददाता

2k
Shares

काठमाडाैं । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने भएको छ ।

मंगलबार बसेको केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

जेठ २ मा नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्