Logo
Logo

ओमसतिया गाउँपालिकाको गाउँसभा नगर्न अदालतको आदेश


दृष्टि संवाददाता


रूपन्देही । रुपन्देहीस्थित ओमसतिया गाउँपालिकाको बजेट अनिश्चित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रुपन्देहीको तत्काल ओमसतिया गाउँपालिकामा गाउँसभा नगर्न आदेश दिएसँगै बजेट अनिश्चित भएको हो ।

गाउँपालिका अध्यक्ष हीरा केवटले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट हिउँदे गाउँसभामा पारित नगरी करोडौं रुपैयाँको योजना गाउँसभाको निर्णय विपरीत स्वेच्छाचारी ढंगले ल्याउन खोजेको भन्दै वडाअध्यक्षहरुले गाउँसभा रोक्न अदालतमा रिट निवेदन दिएका थिए ।

रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश शिवराज अधिकारीको एकल इजलासले आगामी असार २३ गते दुवैपक्षलाई छलफलको लागि उपस्थित हुन सूचना दिनुको साथै २३ गतेसम्म गाउँसभा नगर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्