Logo
Logo

एमालेद्धारा स्थायी कमिटी विस्तार, पूर्वमाओवादीका ४ सहित ८ सदस्य थप


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेपछि केन्द्रीय कमिटीबाट गतिविधि गर्ने निर्णय गरेको नेकपा एमालेले स्थायी कमिटी बिस्तार गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार सम्पन्न महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले अब केन्द्रीय कमिटीकै हैसियतमा काम गर्ने निर्णय गर्दै स्थायी कमिटी बिस्तार गर्ने निर्णय गरेको हो । एमालेले स्थायी कमिटीमा ८ जना थपेको छ ।

एमालेका चार र माओवादीबाट एमाले प्रवेश गरेका चार नेता थपिएका हुन् । एमालेका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थाीय कमिटी सदस्य बनाएको एमालेले पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाएको छ ।

सर्वोच्च अदालतले मान्यता नदिएपछि एमालेले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको एमालेले केन्द्रीय कमिटीकै रुपमा गतिनिधि गर्ने निर्णय गरेको हाे ।

एमाले ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मागअनुसार २०७५ जेठ २ मा फर्कने निर्णय गरे पनि माधव समूहले यस विषयमा आधिकारिक निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्