Logo
Logo

ओलीले विस्तार गरेको स्थायी कमिटीमा माधव समूहका दुई नेता


दृष्टि संवाददाता


काठमाडौं । पूर्व माओवादीका ४ , माधव समूहका २ र ओली समूहका २ जना गरी नेकपा एमालेले स्थायी कमिटीमा ८ सदस्य थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले स्थायी कमिटीमा ८ सदस्य थप्ने निर्णय गरेको छ ।

एमालेका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थाीय कमिटी सदस्य बनाएको एमालेले पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटीमा थपिएका छन् । ८ सदस्य मध्ये दुई जना बेदुराम भुसाल र रघुजी पन्त भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् ।

ओली समूहले पार्टी २०७५ जेठ २ गतेको अवस्थाबाट संचालन हुने निर्णय गरेपनि यस विषयमा के गर्ने भन्नेबारे माधव समूहले आधिकारिक निर्णय गरेको छैन ।

पार्टी एकता प्रकृयामा अघि बढेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव समूहसँग छलफल नगरी स्थायी कमिटी विस्तार गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्