Logo
Logo

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई आह्वान गरेको हो ।

सर्वोच्च अदालतको जेठ २७ गतेको आदेशले महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न उठेपछि बुधबार बालुवाटारमा बसेको सो कमिटीको अन्तिम बैठकले आफूलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरित गरेका थियो ।

बैठकले तत्कालीन एमालेमा नरहेका तर नेकपा गठन गर्दा थपिएका स्थायी कमिटी सदस्यलाई अहिले पनि स्थायी कमिटीमै राखिएको छ।

यसरी थपिनेमा रामबहादुर थापा बादल, वेदुराम भुसाल, रघुवीर महासेठ लगायत छन् । तत्कालीन एमालेको स्थायी कमिटीमा नभएता पनि रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिमाल र रघुवीर महासेठलाई माओवादीसँग एकताका बेला स्थायी कमिटीमा मनोनित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्