Logo
Logo

काेराेनाबाट थप ४१ जनाकाे मृत्यु, २ हजार ८९२ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै तीन हजार कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६८ जनामा गरिएको परीक्षणमा २ हजार ८९२ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार १८७ जनामा आरटी पीसीआर र ४ हजार ३८१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये पीसीआरबाट १ हजार ८८९ र एन्टिजेनबाट एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नेपालमा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ हजार ११२ पुगेको छ।

गत २४ घण्टाभित्र नेपालमा थप तीन हजार ५९७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९६ हजार १३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्