Logo
Logo

संविधानको निम्ति ओली प्रवृत्ति घातक : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानका निम्ति ओली प्रवृत्ति घातक भएको दावी गरेका छन् ।
बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रचण्डले राष्ट्र, लोकतन्त्र र संविधानको निम्ति ओली प्रवृत्ति घातक भएको बताएका हुन् । उनले ओली प्रवृत्तिलाई नै अन्त्य गर्न विपक्षी गठबन्धन एक भएको जनाउँदै नागरिक समाजका प्रतिनिधिसँग पनि कार्यगत एकता भएको बताए ।

प्रचण्डले नागरिक समाजका प्रतिनिधिहरुले उठाएका प्रश्नमाथि गठबन्धनका आउने बैठकमा गम्भीर छलफल गर्ने बचनसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्